कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

नेकपा एमाले कैलाली अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस

Facebook
Twitter
WhatsApp

लम्की : नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ।

बिज्ञापन

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृय जस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो।

अध्यक्ष थापाले पार्टीको बैठक समेत बनसाएको, चुनावी समीक्षाका लागि बेठक बोलाउन पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताए। बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए। उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, सह–सहिच ममता प्रसाद चौधरी सहित अन्य पदाधिकारीको भने बैठकमा उपस्थिति रहेको थियो। एमाले स्रोतका अनुसार थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ।

बिज्ञापन

यही असार ६ गते मात्रै एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुदे स्पष्टिकरण सोधेका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई ३ दिने स्पष्टीकरण सोधिएको थियो। असार ५ गते जिल्ला इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टीकरण सोधेका हुन्। उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको थियो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0