कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपालमा अर्थतन्त्र सङ्कटग्रस्त, राष्ट्र बैंकको दियो यस्तो निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो ।

बिज्ञापन

राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न राष्ट्र बैङ्कले कडा निर्देशन पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो ।

अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ । राष्ट्र बैंकका अधिकारीहरूले सो छलफलमा चालु आर्थिक वर्षको यो अवधिमा ७० अर्ब बढीको गाडी तथा पाट पुर्जा आयात भएका छन् ।

बिज्ञापन

एकातिर सुपारी लगायत तरकारी जन्य वस्तुको आयात खुलाउने र अर्कोतिर अत्यावश्यक वस्तुबाहेकको आयातका लागि एलसी खोल्न रोक लगाउने कुरा नमिलेको बैंकहरूको भनाइ छ । यो खबर  दल नेपालटप दैनिकमा छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0