ललितपुरमा सोमवार प्रहरीले फेला पारेको एक घटनाले प्रहरीलाई पनि छक्क पारेको छ । भारतका कोठीहरुमा जस्तै ललितपुरमा ५० हजार रुपैया मासिक भाडामा अपार्टमेन्ट लिएर कोठी संचालन गरेको फेला परेको हो ।
युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर त्यहाँ लगिने गरेको अनुसन्धानवाट खुलेको छ ।यति ब्यवस्थित गरिएको छ कि ग्राहकहरुलाई भित्र प्रवेश गर्न पासकोर्डको ब्यवस्था गरिएको पाइएको प्रहरीले जनाएको छ । ललितपुरको मुख्य बजार पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले यस्तो ब्यवसाय गरेको फेला परेको हो ।

प्रहरीले ति महिला सहित ७ जनालाई पक्राउ गरेको छ ।सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छा पा मा रे र संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो । प्रहरीका अनुसार उक्त अपार्टमेन्ट खड्गी र उनीसँग बस्दै आएका सुरज खड्गीले भाडामा लिएका थिए।
प्रहरीले संचालक खड्गीसहित तीन जना युवती र तीन जना पुरुष ग्राहकलाई रंगेहात पक्राउ गरेको जनाएको छ।पक्राउ पर्नेमा झापा घर भइ हाल काठमाडौं २८ डल्लू बस्दै आएका वर्ष ५० का राजेश अग्रवाल, रुकुम घर भइ कुमारीगाल बस्ने वर्ष २३ की एक युवती, बर्दिया ठाकुरबाबा नगरपालिका घर भइ बुढानिलकण्ठ बस्दै आएका वर्ष २९ का सुनिल विष्ट, बालाजु बस्ने २४ वर्षीया एक युवती, काँडाघारी बस्ने २५ वर्षीया युवती र काभ्रे पनौतीका ३३ वर्षीय प्रतिक कर्माचार्य छन्।
