नेपालमा मनसुन सुरु भएको छ । नेपालमा यसपटक ३० वर्ष यताकै धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि–मनसुनकै समयमा मनसुन धेरै नै सक्रिय रहेकाले यसपटक ३० बर्ष यताकै बढी बर्षा हुने अनुमान गरिएको महाशाखाका मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो ।यसबेला विविध कारणले गर्दा मौसम छिटोछिटो परिवर्तन हुने भएकाले पूर्व अनुमान गर्न गाह्रो भएपनि ‘सिजनल आउटलुक’ हेर्दा यसपटक औसतभन्दा बढी बर्षा हुने देखिएको उहाँले जानकारी दिनुभयो ।
वर्षायाम सुरु हुनुभन्दा अगाडि नै प्रि–मनसुन बढी नै सक्रिय भएकाले मौसममा यस्तो परिवर्तन देखिएको हो, उहाँले बताउनुभयो ।नेपालमा मनसुनपूर्वको समय सुरु भएसँगै पानी पर्ने क्रम बढेको छ । काठमाडौँ लगायत ठाउँमा दिनहुँजसो बर्षात भइरहेको छ ।
मार्च महिनाबाट सुरु भएर मे महिनासम्म प्रिमनसुनको समय रहने र त्यसपछि मनसुन सुरु हुने गर्दछ । अहिले भने नेपालमा मनसुन सुरु भएको छ ।हावाहुरि चल्ने, चट्याङ पर्ने जस्ता कुरा मनसुनमा भन्दा प्रि–मनसुनमा धेरै हुने पनि नगरकोटिले बताउनुभयो ।
तर, प्रि–मनसुन सँधै यति कै सक्रिय हुन्छ भन्ने नभएको र यदाकदा यस्ता गतिविधि भएर पनि पानी नपर्ने पनि हुन सक्ने पनि उहाँको भनाई छ । अब भने मनसुन सुरु भएको छ ।मे महिनाको मध्यदेखि नेपालमा मनसुन सुरु हुनेभएपनि यो पटक केही दिन छिटो भएको छ ।