कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

नेपाली सेनामा भर्ना खुल्यो

Facebook
Twitter
WhatsApp

नेपाली सेनामा भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो ।

बिज्ञापन

पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा  नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने  उल्लेख छ

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np  भित्र JOIN THE ARMY  को  Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१० को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।

बिज्ञापन


इच्छुकहरूले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुर सहित थप दिन ७ सम्म कार्यालय समय भित्र दर्ता गर्न सक्नेछन् । नारायणहिटी स्थित श्री नेपाल क्याभलरी उत्तर तर्फको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्ने सेनाले जनाएको छ ।

बिज्ञापन


दरखास्त फाराम बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँ नेपाल बैङ्क लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं.१४२२४ मा जम्मा गरेर सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति १/१ (एक/एक) दरखास्त फाराम साथ पेस गर्नु पर्नेछ  ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0