कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पत्रकार महासङ्घको चुनाव : ६० प्रतिशत ठाउँमा पोख्रेलको प्यानल अघि, पुरा परिमाण आउन अझै दुई दिन लाग्ने

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावको मतगणना भइरहेको छ । केही जिल्लामा मतगणना सम्पन्न भइसकेको छ भने केही जिल्लाको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म निर्वाचन समितिलाई ६५ जिल्लाको अन्तिम मत परिणाम प्राप्त भएको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिनुभयो ।

बिज्ञापन

१२ सयभन्दा धेरै मत खसेको काठमाण्डौ जिल्लाको मतगणना नै सुरु भएको छैन । काठमाण्डौको मतगणना शुक्रवार बेलुकी या शनिवार बिहान मात्रै सकिने भएकाले महासङ्घको अन्तिम परिणाम आउन अझै दुई दिन लाग्ने संयोजक काफ्लेको भनाइ छ । 

अहिलेसम्मको नतिजाअनुसार विपुल पोख्रेलको प्यानलले देशका धेरै ठाउँमा अग्रता लिइरहेको छ । प्रारम्भिक परिणामको अनुपात हेर्दा ६० प्रतिशत मत पोख्रेलको पक्षमा र ४० प्रतिशत मत निर्मला शर्माको पक्षमा रहेको छ ।

महासङ्घका १३ हजार एक सय २२ जना सदस्य रहेकोमा बुधवार भएको मतदानमा झण्डै १२ हजार मत खसेको अनुमान निर्वाचन समितिले गरेको छ । 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0