कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

परीक्षामा मनपरी रकम असुली

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा चैत १२ गते आवेदन खोलेर तहविहीन वन रक्षक पदकालागि एक सय ६७ जना माग गरेको थियो। लोक सेवा आयोगले वन रक्षक, नेपाल वन, जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको छ।

बिज्ञापन

सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग भएको छ भने सबैभन्दा कम पिछडिएको क्षेत्रतर्फ ३ जना वन रक्षक माग गरिएको छ। एक सय ६७ पदका लागि ३५ हजार १८ जनाको आवेदन परेको प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी हिरालाल चौधरीले बताए। उनले प्रयोगात्मक परीक्षाहरु जारी रहेको बताए।

वन रक्षकका लागि आवेदन दिएकाहरुले प्रयोगात्मक परीक्षा भने निष्पक्ष र स्वच्छ नभएको गुनासो गरेका छन्। उनीहरुले आर्थिक लाभमा कर्मचारी र सुरक्षा निकायका अधिकारीले बदमासी गर्दै आएको बताएका हुन्। दौड, पौडी तथा रुख चढेका परीक्षार्थीहरुलाई पक्षपात गरिएको गुनासो छ। नतिजामा रुख नचढेका परीक्षार्थीलाई उत्तिर्ण गरिएको, पास मात्र भएकालाई, राम्रो र राम्रोलाई अति राम्रो लेख्ने गरिएको बताइएको छ।

बिज्ञापन

एक परीक्षार्थीले भने, ‘मैले रुख चढ्न सकेन। म फेल भएको थिए। ५० हजार मागे। ५० हजार दिए पास हुने रे।’ एर्का एक परीक्षार्थीले भने, ‘पैसा मागेको त मैले देखेन। तर फिजिकलमा आफ्ना मान्छेलाई बढी नम्बर दिइएको छ। पास भएकालाई गुड, गुड निस्किएकाहरुलाई एक्सिलेन्ट निकालिएको छ।’ परीक्षार्थीहरुले अत्तरियामा सुरुको भन्दा दौडको लम्बाई समेत बढाएको गुनासो गरेका छन्। वन रक्षकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले आवेदन दिएका छन्। उनीहरुको अहिले प्रयोगात्मक परिक्षा हुँदैछ। कक्षा ८ उत्तिर्ण गरेकाले आवेदन दिन पाउने उक्त पदमा ठूलो संख्यामा आवेदन परेकाले छनोटमा समस्या देखिएको बताइएको छ।

बिज्ञापन

प्रयोगात्मक परीक्षामा रकम लिएको र उत्तीर्ण भएकाहरुको नतिजामा बद्मासी गरेको गुनासो गरिएका बेला प्रदेश लोक सेवा आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ। प्रदेश लोक सेवा आयोगले प्रयोगात्मक परीक्षामा कुनै प्रकारको बद्मासी नभएको तर्क गरेको हो। प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी चौधरीले बद्मासीको सम्भावना नभएको तर्क गरे। उनले भने, ‘त्यस्तो सम्भावना छ र ? देख्नु हुन्छ ? नचाहिने। कुनै मन्त्रीले, प्रधानमन्त्रीले भनेर पनि हुँदैन। हजारौ मान्छेका बीचमा हुने जाँचमा फेल भएकालाई कसैले पास बनाउन सक्छ ?’लोक सेवा आयोग सुदूरपश्चिमले सबै आवेदकहरुको प्रयोगात्मक परीक्षा लिन सकेको छैन। लिखित परीक्षाका लागि सूचनासमेत सार्वजनिक गरिएको छैन।कमल साउद 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0