कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

पल शाहकाे निवेदन उपर उच्च अदालतमा पहिलाे सुनुवाई

Facebook
Twitter
WhatsApp

नाबालिका बलात्कार आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई भएकाे छ। उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे। जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन्। 

बिज्ञापन

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे। सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे थियाे । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट भएकाे भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन्।

उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन्। उच्च अदालतमा भएकाे सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेकाे सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए।

बिज्ञापन

निवेदन दिए पनि थपअनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए। तनहुँ अदालतले दिएकाे थुनछेककाे आदेश र आदेश जारी गर्दाकाे प्रतिलिपी, प्रमाण माग गरेकाे उनकाे भनाइ छ। तनहुँ अदालतकाे आदेशबारे निर्क्याैल गर्न पुनःबहस हुनेछ। पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0