कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पाइलट शेर्पालाई विमान चलाउन रोक

बुद्ध एयरका पाइलट क्याप्टेन आङ्गेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ। छानविन प्रतिवेदन नआउँदासम्मका लागि उनलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ।

बिज्ञापन

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ। छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न नपाउने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले बताए। 

प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भन्दै उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको थियो। 

बिज्ञापन

गत सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा आएको थियो। प्राविधिक समस्या देखिएको भन्दै अहिले उक्त जहाज उडिरहेको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1