कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पानीले गर्दा सुदूरपश्चिमका इँटा उद्योगमा २० करोडको क्षति

सुदूरपश्चिममा इँटा उत्पादन ठप्प भएको छ। इँटा उत्पादनको मुख्य सिजनमा वर्षा हुँदा उत्पादन ठप्प भएको हो। जसका कारण इँटा व्यवसायीलाई ठूलो क्षति भएको छ। कैलाली र कञ्चनपुरका ८० इँटा उद्योगको मात्र २० करोड बढीको क्षति भएको बताइएको छ। 

बिज्ञापन

हिउदे वर्षा र खराब मौसमका कारण एक उद्योगमा झण्डै २५ देखि ३० लाख सम्मको क्षति भएको छ। उत्पादनको तयारीमा रहेका तथा काँचो इँटा बर्सातको पानीले नष्ट भएकाे नेपाल इँटा उद्योगका सञ्चालक मायाराम चौधरीले बताए।

उद्योग बन्द भएकाले मजदुरहरु पनि  समस्यामा छन्। खराब माैसमका कारण काम गर्न नपाउँदा साझ र बिहानको खानाका लागि समेत समस्या भइरहेकाे एकजना मजदुर परशु चौधरीले बताए।

बिज्ञापन
No data was found

चार महिनादेखि इँटा उत्पादन गर्न नपाएकाे सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोद शाहीले बताए। उनका अनुसार कैलालीमा ४२ र कञ्चनपुरमा ३८ गरि जम्मा ८० इँटा उद्याेग छन्। एउटै इँटा उद्याेगमा २५ देखि ३० लाखसम्मकाे क्षति भएकाे छ। ‘कैलाली र कंचनपुरका उद्योगमा मात्र कम्तीमा २० करोडको क्षति भएको छ |

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3