कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

पेट्रोलको मूल्य : लिटरकाे १ सय ५० रुपैयाँ, अझै निगमलाई घाटा

Facebook
Twitter
WhatsApp

नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य हिजाे बिहीवार मध्यरातिदेखि लागू भएको छ । निगमले हिजो बेलुका भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो ।

बिज्ञापन

नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा पेट्रोल अब प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ पर्नेछ । 

पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दो छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७८ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा कर लाग्दै आएको छ । त्यस्तै ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६ सय ४१ रुपैयाँ २३ पैसामा किनेको ग्यासमा दुई सय ८० रुपैयाँ ३० पैसा कर लाग्दै आएको छ |

बिज्ञापन

करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ । 

बिज्ञापन

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्य बढेको छ । त्यसको असर नेपालमा पनि परेको हो । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् रहेको निगमले जनाएको छ । अहिले ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्छ । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0