कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पैदल हिड्नु हुन्छ भने अवस्य पढनु होला

Facebook
Twitter
WhatsApp

जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्नु हुन्छ । आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन् ।

बिज्ञापन

शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् । वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि धेरै पार्कहरू बनाईएका छन् ।

यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

बिज्ञापन

१. तौल कम गर्दछ ।२. फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।३.प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।४. चाडै बुढो हुनबाट बचाउँदछ।५. क्यान्सर रोकथाममा मद्दत गर्दछ ।६.मधुमेहलाई नियन्त्रण गर्दछ ।७. मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।८. खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।९. रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

बिज्ञापन

१०. मानसिक ताजगी महसुस गराउँदछ ।११. दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ।१२. मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।१३. तनाव कम गर्दछ।१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ।१५.भेरीकोज भेन हुन दिँदैन ।१६. विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।१९. जोर्नीहरूलाई जाम हुन दिँदैन।२०. उर्जावान बनाउँदछ ।२१. दीर्घजीवी बनाउँदछ।२२.रचनात्मक बनाउँदछ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0