कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हाली रहेका छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

वन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखी रिक्त हुदैँ आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

बिज्ञापन

आइतबार राप्रपाका मन्त्रीहरुले राजिनामा दिएपछि उर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो । राप्रपाका मन्त्रीहरुका राजिनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0