लम्की : बिश्वमहामारी को रुपमा फैलदै गएको कोरोना भाइरसको दोस्रो लहरको आतंक नेपालमा पनि तिर्ब्र गति मा फैलन थालेपछि कैलाली जिल्लामा बैशाख १६ गते देखि लकडाउन सुरु भएको थियो |
यसै बीच बिभिन्न टोलका मनकारी व्यक्तिहरुले समस्यामा पर्दै आएका स्थानीयलाई आफुले सक्दो साथ र सहयोग गर्दै आएका खबरहरु हामी ले दिन प्रतिदिन सुन्न र देख्न पाउँछौ |
आफ्नो गाउँ का अति बिपन्न वर्गलाई यस महामारी मा समस्या नहोस् भनि लम्की चुहा नगरपालिका वार्ड न ९ का मनकारी युवा कपिल तिमिल्सेनाले पनि प्रतापपुर मा निशुल्क एम्बुलेन्स सेवा संचालन गर्नु भएको छ |
यस अघि पनि प्रतापपुर का अन्य युवा बर्गहरुले यस महामारीमा कसैको पनि पेट भोको नरहोस भनि फूड बैंक र समस्यामा परेका लाई सहयोग गर्ने हेतुले हेल्प डेस्क को स्थापना गरिसकेका छन् |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
5
+1
0
+1
2
+1
1
+1
6
+1
0
+1
0