लम्की: कैलाली को लम्कीचुहा नगरपालिका वार्ड नं,९ मा रहेको नवनिर्मित जेष्ठ नागरिक मिलन केन्द्रको आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ |
कार्यक्रमको प्रमुख अतिथि मा कैलाली क्षेत्र नं २ का वर्तमान सांसद झपट बहादुर रावल, अतिथिमा नगर प्रमुख महादेव बजगाई, वार्ड न ९ अध्यक्ष राम प्रसाद चौधरी र पूर्व सांसद मान बहादुर महतो, समाजसेवी लिलाधर जोशी आदि को सहभागिता रहेको थियो |
कार्यक्रम मा बोल्दै सांसद रावलले प्रतापपुर क्षेत्रमा धेरै विकासका कामहरु भैरहेको र संचालनमा आउन बाकी सेती लोकमार्ग पनि आफ्नै कार्यकाल मा सम्पन्न गर्ने बताउनुभयो |
साथै गुलरा हुदै एकलघरुवा तर्फ बन्न लाएको रोड पनि तुरन्तै संचालन हुने र दुवै तर्फी नालाबन्ने मा ढुक्क हुनुहोस समेत भन्नुभएको छ |
म बोल्नु भन्दा गरेर देखाउने भित्र पर्छु भन्दै रावलले अबको केहि समय भित्र प्रतापपुर, धन्चैया, बन्बर्षा हुदै ५ किमि को रिंगरोड समते बनाउने ठोकुवा गर्नुभएको छ |
रिबन काट्दै, ब्यानर खोल्दै उक्त भवनको उद्घाटन सांसद रावलले गर्नुभएको थियो भने कार्यक्रम को समापन नागरिक मिलन केन्द्र उपभोक्ता समिति अध्यक्ष इश्वर प्रसाद जोशीले गर्नुभएको छ |