लम्की : कैलाली को लम्किचुहा नगरपालिका वार्ड नं ९ मा रहेको श्री प्रतापपुर ग्रामिण बिधुत सहकारी संस्थाको आ.व. २०७७/०७८ को साधारण सभा अझै हुन सकेको छैन |
सहकारी को नियम र व्यवस्थालाई हेर्ने हो भने पुष र माघ मसान्त भित्र साधारण सभा गरिसक्नुपर्ने हो | तर त्यसो नभई चैत्र को पहिलो साता लाग्दा समेत उक्त सभा हुन सकेको छैन |
नियम र कानुन को पालना नगरि तानासाही र एकलौटी प्रवृति ल्याउन खोजेको यो प्रक्रियाले प्रस्ट देखिन्छ |नभए आज सम्म कहिले साधारण सभा राख्ने भन्ने बारे समेत समितिमा छलफल नै न-भएको अध्यक्ष् को भनाइ रहेको छ |
उपभोक्ताहरुले हस्तलिखित निबेदन लेख्दै संस्थामा ध्यानाकर्षण पत्र बुझाउने छन् यदि चैत ८ गते भित्र साधारण सभा नभए संस्थामा तालाबन्दि गर्नेकुरा को जानकारी हाम्रा संवाददातालाई प्राप्त भएको हो |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0