लम्की : कैलालीको लम्कीचुहा-०९, प्रतापपुरमा रहेको खेलमैदान संगै जोडिएको प्रतापपुर खानेपानी तथा सरसफाईसमितिको कार्यालय मा उक्त वडा का केहि स्थानीय युवावर्गले तालाबन्दी गरेका छन |
खानेपानी संस्थामा चरम लापरवाही र अनियमितता भएको गुनासो पटक पटक स्थानीय सरकारलाई भन्दा पनि कुनै सुनुवाई नगरेको र छानबिन समितिले दिएको प्रतिवेदन सार्बजनिक नगरेको भन्दै तालाबन्दि गरेका हुन् |
गतबर्सको कार्तिक महिनामा स्थानीयकेहि समाजसेवी र बुद्धिजीवी बर्गको सहभागिता सहित वडा को रोहवरमा ५ सदस्ययीय छानबिन समिति गठन गरिएको थियो |
उक्त छानबिन समितिले निकालेको प्रतिवेदन वडा कार्यालयले बुझेपछि २०७७ साल मंगसिर २८ गतेसम्म सार्बजनिक गर्ने भन्दै छानबिन समितिलाई बिदाई गर्दै वडा कार्यालयले पत्र समते दिएको थियो |
छानबिन भएको ८ महिना बित्दा समेत कसैले चासो नदेखाएको, सडक मा पाइप फुटेर पानी बगीरहेको, बिजुलीको बिल भुक्तानी नगरेको, प्रतिवेदन सार्बजनिक नभई फिल्टर जडान कसरी भयो भन्ने जस्ता बिषयको जवाफमाग्न र प्रतिवेदन सार्बजनिक गराउन दबाव दिने हेतुले ताला लगाएको स्थानीय लिलाधर जोशी ले हाम्रो डाइमण्ड अनलाइन भिजन लाई जानकारी गराउनुभएको छ |