कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

प्रतापपुर बिद्धुत सहकारीमा नयाँ समितिहरु गठन, १५ औ साधारण सभा सम्पन्न

लम्की : कैलालीको लम्किचुहा नगरपालिका वार्ड नं ९ मा रहेको श्री प्रतापपुर ग्रामिण बिधुत सहकारी संस्थाको आ.व. २०७७\०७८ को साधारणसभा यही जेठ १४ गते सम्पन्न भएको छ |

बिज्ञापन


साधारणसभामा आ.व. ०७७\०७८ को आय व्यय रकम, र आगामी आ व.०७८\७९ को लेखा परीक्षकको नियुक्ति र आ.व. ०७९\८० को अनुमानित आय व्याय रकम, बिधान संसोधन जस्ता कुराहरुको अनुमोदन भएको छ |


साथै नया समिति समेत साधारणसभा बाट नै चयन भएका छन : जस अन्तर्गत मूल कार्य समिति भित्र अध्यक्ष्: लक्ष्मी चौधरी, उपाध्यक्ष: लक्ष्मण चौधरी, सचिव : धर्म राज देवकोटा, कोषाध्यक्ष : बिष्णु मण्डल, सदस्यहरुमा : लिलाधर जोशी, लक्ष्मी बि.क., धनीराम चौधरी, रतन चौधरी, सुमित्रा तिमिल्सिना गरि ९ जना को समिति रहेको छ |

बिज्ञापन
No data was found


यस्तै लेखा समितिमा संयोजक : मिन बहादुर रावल, सदस्यहरुमा :अर्जुन चौधरी र नवराज न्यौपाने गरि ३ जनाको समिति गठन भएको र संगै सल्लाहकार समिति मा संयोजक : पुर्व अध्यक्ष् धन वहादुर कुस्मी, सदस्यहरुमा : दिपक न्यौपाने र प्रताप चौधरी गरी ३ जनाकै समिति गठन भएको हो |

बिज्ञापन
No data was found


नव निर्वाचित समितिलाई टिका लगाउदै पुर्व उपाध्यक्ष परशुराम गिरी ले समिति राम्रो बनेको र सोचेजस्तै कार्यहरु गर्ने अपेक्षा गरेको बताउनुभयो | वडा अध्यक्ष राम प्रसाद चौधरी को प्रमुख अतिथीमा आयोजना गरेको उक्त कार्यक्रम सरस्वती मा.वि.को भवन मा पुर्व सचिव जय बहादुर खत्री ले संचालन गर्नुभएको थियो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0