कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

प्रदेश प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक शाह कार्यमुल्याङ्कनको आधारमा पुरस्कृत

Facebook
Twitter
WhatsApp

लम्की / ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक भरत बहादुर शाह प्रदेश प्रहरी कार्यालय बाट नगद सहित पुरस्कृत हुनुभएको छ ।

बिज्ञापन

प्रहरी संगठनको निति निर्देशन अनुरुप अनुशासनमा रही ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागिय निर्देशन आदेशको पालना गर्नुका साथै  दिईएको जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी विवेकले भ्याए सम्म कर्तव्यनिष्ठ भई उल्लेखनिय भुमिका निर्वाह गरेकोले निजहरुलाई पुरष्कृत गर्न वान्छीनीयं भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


जनताको ज्यूधनको सुरक्षाका लागि गरेको उल्लेखनीय  कार्यको कदर स्वरुप पुरष्कृत गरिएमा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर तथा मनोबल उच्च रहने भएकोले प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रहरी निरीक्षक शाह प्रदेशका बिभिन्न ईकाइ तथा बिभागमा कार्यरत अन्य १० जना गरी ११ जनालाई नगद सहित पुरस्कृत गरीएको प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमले जनाएको छ ।

बिज्ञापन

ईलाका प्रहरी कार्यालय लम्कीमा कार्यरत प्रहरी निरीक्षक शाह लम्कीमा आयलगतै यस क्षेत्रको लागुऔषध, चोरीतस्करी, सड्क दुर्घटना न्यूनिकरण तथा नियन्त्रणको लागि महत्वपूर्ण भुमिका निर्बाह गर्नु भएको थियो ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0