सुदूरपश्चिम प्रदेश सभा २०७४ माघ ७ गते स्थपना भएको थियो। प्रदेश सभा स्थपना भएको शनिवार पाँच वर्ष पूरा भएको छ। प्रदेश सभामा नव निर्वाचित प्रदेश सभा सदस्यहरु पनि आएका छन्। प्रदेश सभा स्थापनाको पाँच वर्ष पूरा भई छैटौ वर्षमा प्रवेश गरेको हो।
स्थापनाको पाँच वर्ष पूरा भएपनि प्रदेश सभाबाट प्रदेशको स्थायी राजधानी र नाम बाहेक ठुला कामहरु भएका छैनन्। प्रदेश सभा सदस्यहरुले सेवा–सुविधाका कानून निर्माण गरेका भएपनि जनजीविकासँग जोडिएका कानूनको अभाव छ। प्रदेशको विकास निर्माणमा साझेदारीमा काम गर्न पनि प्रदेश सरकारसँग कानूनको अभाव छ।
सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६७ वटा कानुन सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा निर्माण गरेको छ। सभाबाट पारित भएका विधेयक पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। प्रदेश सभा सदस्यहरु, विषयगत समिति तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिको सुवा सुविधाका कानूनलाई प्रदेश सभाले प्राथामिक्ता दिएको छ।
प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पारित गरेको थियो। उक्त निर्णय अझै कार्यान्वयन भएको छैन्। तर प्रदेश सभाले यी दुई कामलाई पाँच वर्षे कार्यकालको मुख्य उपलब्धिका रुपमा लिइएको छ।
नवनिर्वाचित प्रदेश सभा सदस्य तथा प्रदेश सरकारलाई राजधानी कार्यान्वयन गर्नु र जनचासोका ऐन निर्माण गर्नु आगामी चुनौती रहेका छन्। प्रदेशमा लोकसेवा आयोग गठन, प्रदेश योजना आयोग गठन लगाएतका निर्णयहरु भने कार्यान्वयन भएका छन