कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

प्रहरी भन्छन बाघले मान्छे खाइरहेको थियो |

बाघको आ’क्र’म’णबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ। यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा बाघको आ’क्र’म’णबाट दुई जनाको मृत्यु भएको थियो। बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको स्थानीयले बताएका छन्।

बिज्ञापन

बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राको चो’ट छ। केही दिनअघि राप्तीसोनारीका वडा ५ र ६ नम्बर वडाको जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई पनि बाघले झम्टेको थियो।

बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आ’क्र’म’ण ग’रे’को हो। विष्टलाई बाघले आ’क्र’म’ण ग’रेपछि भा’गे’र आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0