कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

प्रेमपत्र पठाएको आरोपमा युवकमाथि बाँधेर कुटपिट

Facebook
Twitter
WhatsApp

रौतहट: दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट गरिएको छ । विकास पासवान नामका युवकलाई बाँधेर कुटपिट गरेको भिडियो र तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो ।कक्षा ११ मा पढ्ने युवक पासवानलाई केही व्यक्तिले बाँधेर कुटपिट गरेका हुन् । कुटपिट गरेको स्थानमा एक दर्जन बढी मानिस जम्मा रहेको तस्बिरमा देखिन्छ ।

बिज्ञापन

कुटाइ खाइरहेका युवकले आफूले गल्ती नगरेको भन्दै याचना गरिरहेको दृश्य देखिन्छ । एकजनाले कुटपिट गरिरहेको र  अन्य व्यक्ति हेरेर बसेको तस्बिरमा देखिन्छ ।घटना बिहीबारको हो । शुक्रवार घटना सार्वजनिक भएको छ । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय एक युवतीलाई प्रेमपत्र लेखेपछि कुटपिट भएको आफूले सुनेको बताए ।

वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको जानकारी आफूले पाएको समेत बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले कुटपिटबारे दिउँसोसम्म उजूरी नपरेको बताएका छन् । ‘कुटाइ खाएका युवकको स्वास्थ्य जाँच भएको छ । जाहेरी आएपछि थप अनुसन्धान हुन्छ,’ एसपी शाहले भने ।

बिज्ञापन

कुटपिटको घटनामा संलग्नको आरोपमा प्रहरीले ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ गरेको छ । केटी जिस्काएकाले युवकलाई सुधार्नका लागि सामान्य कुटपिट गरेको कुटपिट गर्ने पक्षका व्यक्तिले बताएका छन् भने पीडित युवक पक्षले भने केटी नजिस्काएको, प्रेमपत्र नलेखेको दलित भएकै आधारमा आफू कुटिएको गुनासो गरेका छन् ।

बिज्ञापन

सामाजिक संजालमा कुटपिटको भिडियो र तस्बिर राखेर दोषीलाई कारवाहीको माग गर्दै अधिकारकर्मी, राजनीतिकर्मी तथा स्थानीयले माग गरेका छन्

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2