कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

‘प्रेमीसंग मिलेर अमृताले गरिन श्रीमानको हत्या !

Facebook
Twitter
WhatsApp

दसैंको दिन। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का २९ वर्षीय बिष्णु चौधरी र २७ वर्षीया अमृता चौधरीले रातिको समयमा भेट्ने योजना बनाए।

बिज्ञापन

दुबै जना विवाहित हुन् तर विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। त्यसको जानकारी अमृताका श्रीमान रमेश चौधरीलाई पनि थियो।२९ गते राति श्रीमान रमेशसंगै सुतेकी अमृता रमेश सुतेको मौका छोपी ११ बजे प्रेमी बिष्णुलाई भेट्न गइन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने, ‘घर पछाडिको परालको थुप्रोमा बिष्ण र अमृताको भेट भयो।

संगै सुतेकी श्रीमती बाहिरिएको पत्तो पाएका रमेशले बिष्ण र अमृतालाई आपत्तिजनक अवस्थामा फेला पारे।’डिएसपी बिष्टका अनुसार आपत्तिजनक अवस्थमा भेटेपछि रमेशले बिष्णुलाई कुटपिट गरे। बिष्टले अगाडि भने, ‘बिष्णुले प्रतिकार गरे, सोही क्रममा अमृतासंग मिलेर परालको थुप्रो नजिकै रहेको खेतमा घाटी थिचेर रमेशकाे हत्या गरेको खुलेको छ।’

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0