कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

प्रेम आले र झपट रावल किन भए ‘यू टर्न’ ?

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्।

बिज्ञापन

देउवा लाई प्रतिनिधि सभाका १६५ सदस्यले विश्वासको मत दिएका हुन्। काँग्रेस सभापतिसमेत रहेका देउवाले काँग्रेससंगै माओवादी केन्द्र, एमाले, जनता समाजवादी पार्टी र जनमोर्चाले विश्वासको मत दिएका हुन्।

आइतबारसम्म पनि आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा उभ्याउदै आएका डोटीबाट विजयी प्रतिनिधिसभा सदस्य प्रेम आलले पनि देउवालाई विश्वासको मत दिएका छन्। उनी ओली सरकारमा क्याविनेट मन्त्री थिए। आले आइतबार नै एक्कासी ‘यू टर्न’ भएको बताउँछन् उनी निकट एक एमाले नेता।

बिज्ञापन
No data was found

आइतबार अपरान्हसम्म प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइरहेका कैलालीबाट निर्वाचित सांसद झपट रावल पनि ‘यू टर्न’  भए। एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएपछि उनले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन्।

बिज्ञापन
No data was found

अन्तिम समयमा आएर सदनबाट बाहिरिएपछि रावलले भनेका थिए, ‘हिजो संसद विघटनमा साथ दिएका र केपी ओली सरकारमा रहेका प्रतिगामीहरुले पुनः सत्ताका लागि विश्वासको मत दिने भएपछि मतदान प्रक्रियाबाट बाहिरिएका हौँ।’

रावलले महन्त ठाकुरले रोष्टममा उभिएर सरकारलाई विश्वासको मत दिने भनेपछि आफूहरु छलफल गरेर पक्ष विपक्ष कतै नउभिने निर्णयमा पुगेका बताएका थिए। माधव समूहका रावल एमाले उपाध्यक्ष भीम रावल निकट छन्।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0