कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

प्रेस काउन्सिलद्वारा २२ अनलाइन मिडियालाई सचेत र १६ युट्युबलाई कारबाही सिफारिस

Facebook
Twitter
WhatsApp

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ । आज प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार क्षेत्रलाई आग्रह गरेको हो ।

बिज्ञापन

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको बताउनुभयो ।

उहाँले आचार संहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको बताउनु भयाे।

बिज्ञापन

यस्तै कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0