कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा ५० हजार दर्शक अट्ने क्रिकेट रङ्गशाला बनाउन सुरु

लम्की: सुदूरपश्चिम प्रदेशमा  ५० हजार दर्शक अट्ने अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ । कैलालीको धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढेसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रङ्गशाला तयार हुने देखिएको हो ।

बिज्ञापन

सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला तथा खेल ग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो ।

अहिले फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिले पनि काम अगाडी बढाइरहेको छ । समितिले रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया अगाडी बढेको जनाएको छ ।

बिज्ञापन

फाप्लाका परिकल्पनाकार समेत रहेका विकास समितिका अध्यक्ष सुवाश शाहीले डीपीआर निर्माणको तयारीमा जुटेको भन्दै केही समयमै टेन्डर आह्वान गरिने जानकारी दिए ।

बिज्ञापन

‘विकास समितिले डीपीआर निर्माणको तयारी गरिरहेको छ । डीपीआरको लागि टेन्डर आह्वान हुनेछ’ समितिका अध्यक्ष शाहीले भने, ‘परियोजनाको डीपीआर नै सबैभन्दा ठूलो कुरा हो । डीपीआर तयार भएपछि रङ्गशाला तयार हुन समय लाग्दैन ।’

अध्यक्ष शाहीले डीपीआर तयार भएको २ वर्ष भित्रै ५० हजार दर्शक अटाउने अत्याधुनिक रङ्गशाला तयार हुने बताए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0