कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

फेरी किन जान थाल्यो बिजुली ? कुलमानले दिए यस्तो उत्तर

 अहिले काठमाडौ लगायतका अन्य जिल्लामा पनि घोषित लोडसेडिङ छैन । तर पनि बेला बेलामा गैरहने वत्तीले सर्वसाधारण आजित छन् ।

बिज्ञापन

१८ घण्टा लामो लोडसेडिङ हटाएर वाहवाही पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरी पनि कार्यकारी निर्देशककै कुर्सीमा छन् । तर पनि बत्ती जाने समस्या भने समाधान भएन ।

प्राधिकरणका अनुसार अहिले दैनिक तीन सयदेखि चार सय मेगावाट विद्युत खेर गइरहेको छ। तैपनि किन विद्युत् आपूर्ति नियमित छैन ? हिमाल खबरले कुलमानले दिएको उत्तर भन्दै यस्तो विवरण उल्लेख गरेको छ ।

बिज्ञापन
No data was found

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उत्तरः

बिज्ञापन
No data was found

अहिले विभिन्न स्थानमा छिनछिनमा विद्युत् आपूर्ति अनियमित भइरहेको छ। प्राविधिक कारणले मात्रै बिजुली जाने गरेको छ। अरू केही कारण छैन।

अहिले विभिन्न स्थानमा विद्युत् लाइन विस्तारका लागि तार तान्ने काम भइरहेको छ। त्यस्तो स्थानमा हामीले सूचना जारी गरेर नै विद्युत् जाने बताएका छौं।

हाम्रोमा सिंगल लाइनबाट विद्युत् वितरण भइरहेको छ। जसले गर्दा एक ठाउँमा समस्या आउँदा सबैतिर जाने समस्या आउँछ।

यदि विद्युत् वितरणका लागि दुई-तीन वटा लाइन हुन्थे भने एउटा लाइनमा समस्या आउँदा अर्को लाइनबाट वितरण हुन्थ्यो। त्यस्तो व्यवस्था भएको छैन।

विद्युत् उत्पादन गृहदेखि सब-स्टेशनसम्म र एक सब-स्टेशनबाट अर्को सब-स्टेशनसम्म पनि सिंगल लाइनबाट विद्युत् प्रसारण भइरहेको छ। जसले गर्दा एक ठाउँमा बिग्रने बितिक्कै सबैतिर समस्या आउछ।

अर्को, विद्युत् पोलका कारणले पनि केही ठाउँमा समस्या हुने गरेको छ। बर्खाको समयमा पोल ढल्ने जस्ता कारणले पनि बिजुली जाने गरेको हो।

यसको समाधानका लागि काम गरिरहेका छौं। एउटा सब-स्टेशनबाट लाइन गयो भने अर्को सब-स्टेशनबाट विद्युत् नियमित गराउने हिसाबले भूमिगत तार विस्तारको भइरहेको छ। पुराना पोलको ठाउँमा नयाँ पोल राखिरहेका छौं।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0