कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

फेरी सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना

Facebook
Twitter
WhatsApp

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् । 

बिज्ञापन

बिहीबार बिहान पौने ४ बजे आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर नै भाँचिएपछि दुर्घटना भएको हो । सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएपछि बकेटमा रहेका मजदुरसमेत सुरुङभित्र खसेका थिए ।

सुरुङभित्र बेपत्ता हुनेमा बाराको कोल्हवी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् । उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

दुर्घटनामा परी घाइते भएका पर्साको पटेर्वा गाउँपालिका ४ का २० वर्षीय आंगत राय थारुलाई भने उपचारका लागि ओखलढुंगास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले जानकारी दिए । घाइते थारुको अवस्था सामान्य रहेको बताइएको छ ।

बिज्ञापन

एक महिनाअघि सोही आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो । त्यतिबेला जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय कन्सल्ट्याण्ट इन्जिनियर अर्जुन थापाको मृत्यु भएको थियो ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0