कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

बझाङमा जीपमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

Facebook
Twitter
WhatsApp

बझाङ : बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिज्ञापन

 छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से१ज ६७६ नम्बरको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप ४०० मिटर तल सेती नदीमा खसेको हो।

चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

बिज्ञापन

चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत ल्याइँदैछ। जीपमा अरु कोही पनि सवार नभएको प्रहरीले जनाएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0