कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

बडुवाल हत्या प्रकरणः धरौटीमा छुटेका ३ जना फेरि पक्राउ

Facebook
Twitter
WhatsApp

 कैलालीको लम्की चुहा १ का भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले धरौटीमा रिहा गरेका ३ जना फेरि पक्राउ परेका छन्।

बिज्ञापन

उक्त मुद्दाको पुनरावेदन हँुदा उनीहरुलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले ३ जनालाई समातेको हो। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड््का

 बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका छन्। उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरुलाई पक्राउ गरी आज मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

बिज्ञापन

कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको कात्तिक २३ गते हत्या भएको थियो। उनको हत्या आरोप लागेका ८ जना अझै पनि फरार रहेका छन्। भने, १२ जनालाई पक्राउ गरी कैलाली प्रहरीले अनुसन्धान गरेको थियो। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0