बर्दगोरिया गाउपालिकामा बहुमुखी क्याम्पस संचालनका लागि तदर्थ समिती गठन गरिएको छ । सोमबार सर्बपक्षिय भेलाको आयोजना गरि बिस्णु चौधरिको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिती गठन गरिएको हो ।
सोमबार सरोकारवाला निकाय र गाउपालिका बिच छलफल गराई तदर्थ समिती गठन गरिएक हो । गाउपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको भेला बाट बिष्णु चौधरिको संयोजकत्वमा ११ सदस्य रहने गरि क्याम्पस संचालनक लागि तदर्थ समिती गठन गरिएको हो ।
भेलामा नेकपा एमाले बाट गाउकमिटी अध्यक्ष मधुकर सिजापती मगर, नेपाली काङ्ग्रेसका तर्फबाट लालमणी जोशी, नेकपा माओवादी केन्द्रका गाउकमिटी अध्यक्ष राम बहादुर साउद, राप्रपाका मित्र घर्तिमगर र नागरिक उन्मुक्ति पार्टिका जन्मदेव सन्ज्याल लगाएतकाले क्याम्पस संचालनका लागि सबैले एकजुट हुन आवश्यक रहेको औल्याएका थिए ।
पालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्दा खरेल, सदस्यहरुमा अजय मल्ल, टंक राज ओली, मिलन ओलि , रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न ।
यसैगरी पदेन सदस्यतर्फ गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट छ्न भने सल्लाहकार सदस्यतर्फ नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमिति सभापति कृष्ण विष्ट, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगर, नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद, राप्रपाबाट मित्र बहादुर घर्ती ,जनमोर्चाबाट मिरा आले मगर ,नागरिक उन्मुक्तिका जन्मदेव सन्ज्याल ,एकीकृत समाजवादीका लक्षी राम अधिकारी लगाएत छ्न ।
यसैगरी बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बम, मुडा बजार व्यवस्थापन समितिका लक्ष्मण सापकोटा ,समाजसेवी बुद्धिजीवीबाट भिम बहादुर कुवर, लालमणि जोशी, युवा तथा विद्यार्थी नेता जीवन बीसी, पुर्व गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुलाई समेत सल्लाहकार सदस्यमा राखिएको छ ।