कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

बर्दिया मा फेरी बाघ आतंक (भिडियो हेर्नुहोस)

Facebook
Twitter
WhatsApp

बर्दियामा फेरि बाघले मानिसमाथि आक्रमण गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार दिउँसो पाटेबाघले एक जना वृद्धमाथि आक्रमण गरेको हो।

बिज्ञापन

साँझ पाँच बजेतिर  मधुवन नगरपालिका १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको हो।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ।

बिज्ञापन

भिडियो हेर्नुहोस :

बिज्ञापन

प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए।  खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो।

घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बर्दियामा यसअघि बाघले आक्रमण गरी मानिसको ज्यान लिने गरेको थियो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0