कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बलात्कारका घटनामा समेत राहत विभेद !

सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई सात नम्बर प्रदेश सरकारले राहत स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय गर्‍याे । 

बिज्ञापन

केन्द्र सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेकै भोलिपल्ट प्रदेश सरकारले माया र निर्मला दुवैलाई पाँच/पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । 
 
केन्द्र सरकारले माया विकको परिवारलाई भने कुनै राहत दिने निर्णय गरेन । 

यस्तै कञ्चनपुरकै कृष्णपुर नगरपालिका ८ की कविताको विष्टको परिवारलाई पनि केन्द्र र प्रदेश दुवै सरकारले अहिलेसम्म कुनै पनि राहत उपलब्ध गराएको छैन ।  

बिज्ञापन

विष्टको गएको असार ३२ गते लालझाडी गाउँपालिका ५ को जंगलमा शव फेला परेको  थियो । असार २६ गतेदेखि हराइरहेकी विष्टको लालझाडी जंगलको आमखैया नजिकै बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।   

बिज्ञापन

माथिका तीनवटै घटना एकै प्रकृतिका हुन् । सबैको बलात्कारपछि हत्या भएको छ । तर उस्तै प्रकृतिका घटनामा सरकारले दिने राहतमा भने विभेद गरिएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0