कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बलिया मा थरुहट मोर्चाको प्रदर्शन: टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग

 थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ। टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो।

बिज्ञापन

भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध ¥यालीसहित प्रदर्शन गरेको हो।

टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीहरुलाई विना सर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा थारु समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने,

बिज्ञापन
No data was found

कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको हो।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0