कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बल्चौरमा रहेको थारू होमस्टे पाहुनाको पर्खाइमा

लम्की : लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३, बल्चौरमा रहेको बसेरा सामुदायिक थारू होमस्टे सञ्चालनमा आए पनि उचित प्रचारप्रसारको अभावमा पर्यटक तान्न सकेको छैन।

बिज्ञापन

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीदेखि पाँच किलोमिटर पश्चिममा रहेको सो होमस्टे सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ।

करिब ३५० थारू समुदायको घरपरिवार रहेको बल्चौरमा अवस्थित बसेरा होमस्टे पाहुनाको पर्खाइमा रहेको सञ्चालक बताउँछन् । मनग्गे लगानी गरेर सुविधासम्पन्न होमस्टे निर्माण गर्नुभएका सञ्चालक किशोर चौधरीलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ।

बिज्ञापन

सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बसेरा होमस्टेमा सबैभन्दा राम्रो र व्यवस्थित घर आफूले बनाए पनि पाहुना नआउँदा लगानी उठाउन समस्या परेको बताए । उनले भने, “अरूले पक्की घरलाई होमस्टे बनाएका छन्, मैले माटो, काठको व्यवस्थित र आकर्षक घर बनाएको छु, यहाँ आउने पाहुनाले फरक अनुभूति गर्न सक्ने वातावरण छ तर उचित प्रचारप्रसारको अभावले रात बिताउने पाहुना आएका छैनन् ।”

बिज्ञापन

वडासदस्य प्रेमबहादुर चौधरी पनि सोही ठाउँका बासिन्दा हुनुहुन्छ । उनी भन्छन्, “सञ्चालनमा आएको धेरै समय भए पनि व्यवस्थित बनाउन कसैको सहयोग नहुँदा सोचे जस्तो होमस्टे चल्न सकेको छैन।” नजिकै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानीमा आउने पर्यटकलाई होमस्टेमा आउने वातावरण बनाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने होमस्टे सञ्चालकको भनाइ छ।

स्रोत : स्टेट सेभेन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0