कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बाघ संरक्षणसँगै मानवीय क्षति यतिधेरै

आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ । 

बिज्ञापन

नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ । 

संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।

बिज्ञापन

बाघको सङ्ख्या बढिरहँदा जोखिम पनि थपिएको छ । बर्दिया र चितवनमा बाघको आक्रमणबाट मान्छेको ज्यान जाने घटना बढिरहेको छ । बर्दियामा गएको आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ । यही महिनाको पहिलो हप्तामा पनि अर्का एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ । 

बिज्ञापन

मान्छेलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिइएको बर्दिया निकुञ्जले जनाएको छ । सरकारले बाघलगायत अरू वन्यजन्तुको आक्रमणमा परेर घाइते भएका तथा ज्यान गुमाएकाका परिवारलाई राहत दिने गरेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0