कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बाढीले बितन्डा मच्चाउदै दर्जन बढी घाइते

मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।

बिज्ञापन

साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। 

बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे(नपुगेको पनि एकिन भएको छैन। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1