कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बालबालिकालाई घमौरा बाट कसरी  जोगाउने 

Facebook
Twitter
WhatsApp

गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ।

बिज्ञापन

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ  अन्य भागमा पनि देखिन सक्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन्। भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ।

त्यसैगरी गर्मीमा ब्याक्टेरियाकोबाट हुने छाला सम्बन्धि संक्रमण  बढी देखिन्छ। फहोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन्।

बिज्ञापन

जोगिने उपाय

बिज्ञापन

गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। खाशगरी चर्को घाममा ननिस्किने र बच्चालाई सक्दो ननिकाल्ने, हल्का पातलो, खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने गर्नुपर्छ। बालबच्चालाई सक्दो शितलमा राख्ने गर्नुपर्छ। गर्मीमा पनि आगोमा सेक्ने वा घाममा राख्ने कतिले गरेका हुन्छन्। यस्तो बिलकुलै गर्नुहुँदैन।

घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा  भिजाएर नियमित पुछिदिने गर्नुपर्छ। पुछेपछि त्यो भागलाई हावमा सुक्न दिने गर्नुपर्छ।

यसैगरी घाउ र खटिरा सर्ने भएकाले अन्य केटाकेटीलाई नजिक आउन नदिने गर्नुपर्छ। घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ । यसरी ठीक भएन भने नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन जरुरी हुन्छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0