कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बालुवाटारमा हुने सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान ११ बजे बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

बिज्ञापन

‘प्रचण्डलाई सर्वदलीय बैठक भन्ने कुराको कुनै जानकारी आएको छैन’ उनले भने, ‘त्यसैकै उहाँ गएर त भएन।’ शुक्रबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच टेलिफोनमा कुरा भएको होइन र ? भन्ने अन्नपूर्ण अनलाइनको प्रश्नमा सापकोटाले भने,‘उहाँहरुबीच टेलिफोनमा कुरा भएको हो। तर सर्वदलिय बैठकको कुरै भएन, दुई पार्टीका अध्यक्षबीच भेटौं भनेर उताबाट प्रस्ताव भएको हो। ओलीले बालुवाटारमा बोलाउनु भयो, प्रचण्डले सिंहदरबारमा भेटौं भन्नुभएको हो।’

प्रचण्डले सिंहदरबारमा बैठक राखे मात्र सहभागी हुने अडान राखेको बुझिएको छ । उनी आज राजधानीमै आयोजित एक कार्यक्रममा सहभागी हुनेछन्।

बिज्ञापन

प्रधानमन्त्री ओलीको आह्वानमा  बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्दैछ। बालुवाटार स्रोतका अनुसार संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफल, कोरोना महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0