कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

बालेनकाे जित सुनिश्चित, २२ हजार मत गन्न बाँकी २० हजारकाे अग्रता

Facebook
Twitter
WhatsApp

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता निकै फराकिलो पारेका छन्।

बिज्ञापन

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।

गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ३३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। 

बिज्ञापन

स्थापित र शाहबीचको मतान्तर २० हजार ७४३ छ भने सिंह र साहको मतान्तर २० हजार ११० रहेको छ। काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी छ।

बिज्ञापन

बुधबार बिहानसम्म गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्। याे संगै काठमाण्डाैकाे प्रमुखमा साहकाे जित सुनिश्चीत जस्तै देखिएकाे छ । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0