लम्की : कैलालीको लम्कीचुहा नगरपालिका वडा न. ९ को सोनपुर क्षेत्रमा बिगत ५ वर्ष देखि बनाउन खोजिएको पक्कि पुल निर्माणधीन अवस्थामा रहेको छ ।
वडा न. ९ सोनपुरमा पुलको ठेक्का पाएको कष्ट्रक्सन कम्पनीको लापरबाहीको कारण अहिले सम्म पनि पुल बन्न नसकेको स्थानीयवासीले जानकारी दिए । २०७४ को स्थानीय चुनाव पहिले शिलान्यास गरेको उक्त पुलको जमिन तल मात्र पिल्लर छन् | भने सतह माथि खाली सरिया देखिन्छ |
“लगभग दुई बर्ष ६ महिनामा बनाइसक्नु पर्ने पुल निर्माणमा ठेकेदारले लापरवाही गर्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बर्खा को समयमा जमिन कटान र बाटो कटानले गर्दा खनेको खाल्डो मा पानी भरिएको हुन्छ : कोहि यो खाल्डोमा खसे तल सरिया खुल्ला छन केहि अनर्थ हुन्छकी भन्ने पिर छ भनेर स्थानीय एक जना शिक्षकले भन्नुभयो |”
उक्त पुल अहिले सम्म किन बनाउन न सकेको भन्ने हाम्रो प्रश्नमा उक्त वार्ड का २ पटक बिजयी अध्यक्ष राम प्रसाद चौधरीले “हामीले बारम्बार कम्पनीको ठेकेदार लाइ भनिरहेको र हाम्रो तर्फबाट उक्त पुलको कुनै निगरानी गर्ने जिम्मा र भुक्तानी गर्ने जिम्मा नभएकोले हामीले भनेको कुरा ठेकदारले नमान्ने गरेको बताय |
लम्किचुहाका संस्थापक मेयर महादेव बजगाईं लाइ समेत बारम्बार भन्दै आएको र सांसद झपट बहादुर रावललाई समेत भन्दै आएको तर कसैदेखी सुनुवाई न भएको स्थानीयबासिन्दाको आरोप छ |
“नया मेयर सुसिला शाही आउनुभएकोपनि ४ महिना बित्दा कुनै चहलपहल छैन अब आउदै गरेको मङ्सिरको चुनावमा कुन नाकलिएर नेताहरु आउने रहेछन हेर्न बाकी छ” स्थानीय चौधरी समाजका बडघरले भन्नुभयो |
सांसद झपट रावल, प्रदेश सभा सदस्य नन्दराम साउद, पुर्व मन्त्री मोहनसिंह राठोर, पुर्व संबिधान सभा सदस्य स्व.मान बहादुर महतो जस्ता ठुला नेताहरुको स्थायी घर र निर्बाचन क्षेत्र पनि यहीरहिआएको थियो |