सिगास गाउँपालिका-१ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्याे। तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएकाे हाे।
त्यसबेला छिट्टै बिजुली बत्ती बाल्न पाइन्छ भनेर स्थानीयवासी निकै खुसी बनेका थिए। तर, उनीहरूकाे त्याे खुसी अझैसम्म पनि पुरा भएकाे छैन्। चाडै बिजुली बत्ती बल्ने आश्वासनपछि हाउस वाइरिङसमेत गरेका स्थानीय अहिले भने निराश छन्। किनकी अझै कहिले बत्ती बल्छ भन्ने अत्तोपत्तो छैन।

स्थानीय रामबहादुर महराका अनुसार याे वडा जयपृथ्वी राजमार्गसँगै जोडिएको छ। याे वडासँगै सीमा जाेडिएकाे सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा भने बिजुली छ। तर, यही वडामा विद्युत छैन्। तार र पोलहरू केही ठाउँमा जडान गरिएका छन् भने धेरैजसो तार र पोल अलपत्र छन्।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0