कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

बिजौरामा श्रीमानकै आँखा अगाडि बगिन् श्रीमती

Facebook
Twitter
WhatsApp

आइतबार दिउँसो १२ बजे कैलालीको मोहन्याल गाउँपालिका–३ का प्रेम सलामीमगर र श्रीमती धनसरा घरबाट छोरा कर्णलाई खोप लगाउन भनी हिँडे।

बिज्ञापन

उनीहरुलाई सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौरा पुग्नुपर्ने थियो। त्यसका लागि डुंगामा सवार भएर कर्णाली नदी तर्नुपर्छ। पारी जाने १७ जना भएकाले सुरुमा प्रेमसहित ७ जना काठको डुंगा चढे। उनीहरु पारी पुगेपछि बाँकी १० जनालाई लिन डुंगा फर्कियो,

जसमा प्रेमकी २२ वर्षीया पत्नी धनसरा र छोरा पनि थिए। उनीका साथमा एक गर्भवती, ४ महिला, २ अन्य शिशु र तीन पुरुष थिए।सबै सवार भएपछि चालकले डुंगा पारीतर्फ खियाए। तर अचानक कर्णालीको भेल बढ्न थाल्यो र डुंगा पल्टियो।

बिज्ञापन

‘म पारीबाट हेर्दै थिए। डुंगा पल्टिएपछि नदीमा त हाम फालेको हुँ तर धनसरालाई बचााउन सकिँन’ प्रेम सलामी मगर भन्छन्, ‘बगेर तल पुगिसकेका आमाछोरालाई वारीबाट एक किशोर आएर उद्वार गरेका थिए।’ 

बिज्ञापन

तर घाइते भएका दवैमध्ये छोरा कर्ण मात्रै बाच्न सफल भए। श्रीमती धनसरा भने प्रेमलाई छाडेर सदाका लागि गइन्। डुंगामा सवार अन्य ५ जना पौडेर बाँचेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तर उर्मिला सलामी मगर, उनको १० दिनको छोरी प्राप्ती र गर्भवती भएर टिटी खोप लगाउन हिँडेकी पार्वती थापा मगर भने अझै अज्ञात अवस्थामा छन्। उनीहरुको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ। 

मृतक धनसरा जस्तै प्रत्येक महिनाको १७ गते गाउँका अन्य पनि बच्चालाई खोप लगाउन सुर्खेत जानुपर्ने हुन्छ। यस्तै त्यहाँका विद्यार्थीहरु पनि सुर्खेतको बिजौरामा रहेको जगन्नाथ माध्यामिक विद्यालय जाने गरेका छन्। सबै वारपार गर्न डुंगाको भरमा छन्। 

नदीमा पुल नहुँदा उनीहरु सधै जोखिम मोलेर कर्णाली पार गरिरहेको शिक्षक पदमबहादुर भुलले बताए। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0