कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

बैतडीमा प्राध्यापक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

Facebook
Twitter
WhatsApp

बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् । शिक्षकमाथि कुटपिट गरेको आरोपमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोकेन्द्र राना (सितल) पक्राउ परेका छन्।

बिज्ञापन

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता वीरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले बताए ।

कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए ।प्राध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरिरहेको भन्दै विवाद भएको हो । शिक्षकले प्रचारमा हिँड्न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेको पीडित पक्षको भनाइ छ ।

बिज्ञापन

कुटपिटमा संलग्न गाउँपालिका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भैरहेको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0