काठमाण्डाै – काेराेना खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डिया (सीआईआई) ले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ ।
कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको खोप बनाइरहेको सीआईआईले राज्य सरकारलाई प्रति डोज चार सय भारु र निजी अस्पताललाई ६ सय भारुका दरले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।
कम्पनीले विदेशी खोपको तुलनामा आफूले निकै कम मूल्यमा खोपको बिक्री गर्ने पनि दाबी गरेको छ । भारतमा अमेरिकी खोपको मूल्य १५ सय भार तथा चिनियाँ र रुसी खोपको सात सय ५० भारु पर्न आउने सिरमको दाबी रहेको खबरमा उल्लेख छ ।
निजी कम्पनी र कर्पोरेट हाउसहरूले पनि अबको चार/पाँच महिनापछि सरकारी र निजी स्वास्थ्य प्रणालीमार्फत खोप खरिद गर्न सक्ने सीआईआईले जनाएको छ ।