कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ?

छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा देखिएको छ । सेपटेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ । नेपाल पनि भाइरसको जोखिममा हुन सक्ने विज्ञहरुले बताएका छन् ।

बिज्ञापन

के हो निपा भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

बिज्ञापन

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो ।

बिज्ञापन

यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो । भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला-बेलामा संक्रमण देखिएको छ ।

भारतमा सन् २००१ को जनवरी–फेब्रुअरीमा पश्चिम बंगालको सिलिगुडीमा पहिलोपटक यो भाइस देखिएको थियो । त्यतिबेला ६६ जनामा संक्रमण देखिएको थियो । त्यसपछि सन् २००७ मा पनि यो भाइरस देखियो । सन् २०१८ मा पुन: यो भाइरस देखिएको थियो जसमा १७ जनाको मृत्यु भएको थियो ।

बंग्लादेशमा भने सन् २००१ मा यो भाइरस देखिएको थियो ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0