भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको छ ।
मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।
भारतको गृह मन्त्रालयका सचिव लाभ अग्रवालका अनुसार जेनाेम सिक्वेन्सिङ पत्ता लगाइएकाे हाे ।संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएकाे उनले बताए ।
सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा याे भेरिएन्टको कोरोना पुष्टि भएको थियाे ।विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घाेषणा गरिसकेकाे छ । भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएकाे र तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन संगठनले चेतावनी दिएको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0