कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

 भारत बाट भैरहवामा काम खोज्न आउँदा पक्राउ परे अर्जुन दासका हत्या आरोपित

कैलालीका अर्जुन दासको विभत्स हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई शुक्रबार सार्वजनिक गरेको हो।

बिज्ञापन

पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद रहेका छन्। उनीहरू सबै १९ वर्षका हुन्। प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए।

काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट बिहीबार(हिजो) पक्राउ गरेको हो। हत्यामा १० जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
No data was found

गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए। दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0