कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ

Facebook
Twitter
WhatsApp

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्यबुरलाई पक्राउ गरेको छ । 

बिज्ञापन

युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

बिज्ञापन

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

बिज्ञापन

चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0