कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको लेकम गाउँपालिका–४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए।

बिज्ञापन

घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेकी थिइन्। आइतबार दिउसो साढे ३ बजेतिर घटना भएको हो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0